शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त ः मुख्यमन्त्री राई


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताउनुभएको छ ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले अपराधमुक्त प्रदेश बनाउने सरकारको सङ्कल्पलाई नेपाल प्रहरीले निष्ठावान् भएर काम गर्नुपर्ने धारणा राख्दै मुलुकमा उच्च छवि र समाजमा विश्वास आर्जन गरेको नेपाल प्रहरीलाई सुदृढ गर्दै लैजाने बताउनुभयो । उहाँले आगामी दिनमा हुने लगानी सम्मेलनबाट पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षा बिना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देश र जनताका निम्ति कर्तव्यपालना गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनता र राष्ट्रको सुरक्षामा अहोरात्र खटिने प्रहरी सङ्गठनको कामलाई सराहना गर्दै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी सङ्गठनलाई अझ बलियो बनाउने बताउनुभयो । उहाँले सूचना र प्रविधिको विकाससँगै हुने नयाँ किसिमको अपराध र घटनालाई सामना गर्ने किसिमको प्रहरी सङ्गठन बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्नेमा दृढता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सीमित साधन र स्रोतको उच्चतम प्रयोग गरी नेपाल प्रहरी सदैव नेपाली जनताका सेवा र सुरक्षामा खटिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा अपराध र शान्तिसुरक्षामा अहम् भूमिका निर्वाह गर्ने भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई रु ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द्र माझीलाई रु २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई रु २५ हजार राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो । एसइई परीक्षामा उत्कृष्ट हुने प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही रु १० हजारको छात्रवृति पनि प्रदान गरियो । सोही कार्यक्रम खेलकूदतर्फ ब्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार सङ्गठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com