अर्घाखाँचीमा जिप दुर्घटना, ३ जनाको ज्यान गयाे, ६ घाइते


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ६ मा यात्रुबाहक बलेरो जिप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान जानेहरु भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भइ हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमति वर्ष ४६की श्यामकला खनाल रहेको प्रहरीले बताएका छन् । एक जना पुरूषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिएका हुन् ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाइते भएका छन् ।

घाइतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी र विन्दु खनाललाई सन्धिखर्क अस्पतालबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com