आजदेखि नयाँ निर्देशिका लागु, एसाइलममा कडाई


प्रकाशित मिति : फाल्गुन १६, २०७३ सोमबार

अमेरिकी सरकारले आजदेखि प्रतिरक्षात्मक एसाइलममा थप कडाई गरेको छ । युएससीआईएसको एसाइलम डिभिजनका प्रमुख जोन लाफर्टीले एसाइलम अफिसमा रहेका सबै कर्मचारीका नाममा जारी गरेको निर्देशिका आजदेखि कार्यान्वयन हुन थालेको हो ।

नयाँ निर्देशिकामा एसाइलम गर्ने व्यक्तिको डर र यातनाको निर्धारणमा कडाई गर्ने नयाँ पाठहरु समावेश गरिएको छ । त्यस्तै एसाइलम गर्ने व्यक्तिको त्रास तार्किक भए नभएको जाँच्ने पनि नयाँ मापदण्डसहितको पाठ एसाइलम कार्यालयका कर्मचारीहरुलाई दिइएको छ ।

नयाँ निर्देशिकामा एसाइलम स्वीकृत गर्नकालागि नयाँ र कडा मापदण्डहरु बनाइएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका शिलशिलामा फरबरी १३ को मितिमा जारी निर्देशिकाको कार्यान्वयन फरबरी २७ बाट कार्यान्वयन गर्न र कार्यान्वनका लागि फरबरी २८ भन्दा ढिलो नगर्न निर्देशन दिइएको छ ।

कर्मचारीहरुलाई एसाइलम निर्धारणका लागि मापदण्ड सिकाउने नयाँ निर्देशिकामा समावेश गरिएका चारवटा पाठहरु एसाइलमको निर्धारण गर्नमा थप कडाईका शिलशिलामा आएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com