फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।
“फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।”
छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ ।
–––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।