‘मुनलाइट’ले जित्यो ओस्कार, ‘ला ला ल्याण्ड’ले जितेको गलत घोषणा


प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार

अमेरिकाको लस एन्जेलस शहरमा भएको यो वर्षको ओस्कार अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि मुनलाईटले जितेको छ।

तर पहिला गल्तीले उक्त उपाधि ला ला ल्याण्डले जितेको भनेर घोषणा गरिएको थियो। यसलाई ओस्कारकै इतिहासमा भएको सबैभन्दा ठूलो गल्ती भनिएको छ ।

त्यसको केहीबेरमै उक्त गल्ती सच्चाइएको थियो। तर पनि गल्तीबारे छानविन भइरहेको छ भने सम्बन्धित कम्पनीले माफी मागेको छ ।

‘ला ला ल्याण्ड’ कै लागि डेमियन स्येजल र एम्मा स्टोनले उत्कृष्ट निर्देशक र नायिकाको उपाधि जितेका छन् भने उत्कृष्ट अभिनेताको उपाधि चाहिँ ‘म्यान्चेस्टर बाइ द सि’ का अभिनेता क्येसी याफ्लेकले पाएका छन्।

स्येजल उत्कृष्ट निर्देशनका लागि ओस्कार उपाधि जित्ने इतिहासकै सबैभन्दा कान्छा निर्देशक बनेका छन्। उनी जम्मा ३२ वर्षका हुन्।

सन् २०१४ यता अश्वेत जातिबाट अभिनेता र अभिनेत्रीको पहिलो उपाधि महर्शाला अलि र भावोला डेभिसले जितेका छन्।

अलिले मुनलाईट चलचित्रका लागि उत्कृष्ट सह नायकको उपाधि जितेका हुन् भने डेभिसले फेन्सेस नामक चलचित्रका लागि उत्कृट सहनायिकाको उपाधि जितेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्कृष्ट विदेशी चलचित्रमा चाहिं इरानी चलचित्र ‘द सेल्सम्यान’ले उपाधि जितेको छ।

उक्त चलचित्रका निर्देशक अस्गर फर्हादीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको विरोधमा उक्त समारोह बहिष्कार गरेका छन्।

समारोहमा उपस्थित धेरै कलाकार र विभिन्न विधाका चर्चित व्यक्तिहरुले राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्।

कार्यक्रम सञ्चालक जिम्मी किमेलले आफूहरु विभाजित देशमा भेला भएको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com