एनआरएनए उपाध्यक्ष आचार्यको घरमा तोडफोड !


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यको घरमा अज्ञात समूहले तोडफोड गरेको छ । एनआरएनएको अध्यक्षका प्रत्यासी आचार्यको ललितपुरको सानेपा हाइटस्थित घरमा शुक्रबार तोडफोड भएको हो ।

ललितपुर प्रहरीका अनुसार घरको झ्यालका सीसा फुटेका छन् । अन्यत्र पनि आक्रमणको प्रयास भएको देखिएको छ ।

हतियारद्वारा आक्रमणको प्रयास भएकोले उच्च निगरानीका साथ घटनास्थलको अध्ययनपछि निष्कर्षमा पुग्ने प्रहरीले जनाएको छ ।

आचार्यको घरमा आक्रमण भएपछि प्रहरीले आसपासको क्षेत्रमा निगरानी सुरु गरेको छ । तोडफोडको विषयलाई लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । आचार्यले आगामी विश्व सम्मेलनमा एनआरएनएको अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com