दसैं मनाउन कैदीबन्दीलाई खसी !


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

जुम्ला कारागारका कैदीबन्दीलाई पातारासी गाउँपालिकाले दसैं मनाउन खसी प्रदान गरेको छ । चाडपर्व हर्ष उल्लासका साथ मनाउन् भन्ने उद्देश्यले गाउँपालिकाले दुईवटा खसी प्रदान गरेको हो ।

बिहीबार एक कार्यक्रममा पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, उपाध्यक्ष पुन्नकली महतारासहितको उपस्थितिमा जुम्ला कारागारमा रहेका करिब ८० जना कैदीबन्दीलाई खसी हस्तान्तण गरिएको हो । साथै, आवश्यक मसला र नुनतेलका लागि नगद ३ हजार रुपैयाँ पनि उपलव्ध गराएको छ ।

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, दसैं आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दुई खसी उपहार पाएर कैदीबन्दीहरु रमाएर दसैं मनाउने छन् ।
पातारासी गाउँपालिकाका अध्यक्ष  लछिमन बोहोराले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

उनले आफु प्रति हिनताबोधको सोचाई अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाब दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com