एनआरएनए अमेरिका क्षेत्रको संयोजकमा डा. विनोद शाहले उम्मेदवारी दिने


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

आगामी अक्टोबर १५ देखि काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा एनआरएनए अमेरिका क्षेत्रको संयोजक पदका लागि न्युयोर्क निवासी डाक्टर विनोद शाहले उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि एनआरएनए अभियान र सामाजिक कार्यममा सकृय रहदै आएका शाहले विश्वब्यापी एनआरएन सुदृढिकरणका लागि समावेशिता र एकताको नारा सहित उम्मेदवारीको घोषणा गरेका हुन् ।

एकदशकदेखि एनआरएनए संस्थामा आबद्ध डाक्टर शाह २०१० मा एनआरएन अमेरिकाको कोषाध्यक्ष भए । दुई कार्यकाल कोषाध्यक्ष रहेका शाह सन् २०१३ देखि सन् २०१७ सम्म दुईकार्यकाल एनआरएनए आईसीसी सदस्य रहे । सन् २०१७ देखि एनआरएन अमेरिकाको सल्लाहकार रहेका शाहको एनआरएन अभियानमा महत्वपूर्ण योगदान रहेको छ ।

महिनाको ५ सय तलब खाने नेपाली अमेरिकामा चर्चित डाक्टर

डाक्टर विनोद शाह लामो समयदेखि समाजसेवामा सकृय रहदै आएका न्युयोर्कबासी नेपाली हुन् । २०१९ सालमा धनुषाको भुतही पटेर्वा गाविसमा बुबा असर्फी शाह र आमा रामसती देवी शाहका पाचौं छोराको रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा. शाहका ५ दाजुभाई र २ जना दिदीबहिनीहरु रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउकै स्थानीय विद्यालयमा प्राथमिक स्तरको शिक्षा हासिल गरेपछि डाक्टर शाहले जनकपुरको सरस्वती हाइस्कुलमा माध्यामिक स्तरको शिक्षा हासिल गरे । त्यसपछि आरआर क्याम्पस जनकपुरमा आइएस्सी गरेपछि शाह बिएस्सीमा अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए । त्यती नै बेला उनले त्रिभुवन विश्वविद्यालयको जुलोजी ल्याबमा मासिक ५१३ रुपैया तलब लिएर ६ महिना काम समेत गरे ।

त्रिचन्द्रमा भर्ना भएको केही महिनापछि नै शाह एमबीबीएस अध्ययनका लागि बंगालादेश गए । बंगालादेशको ढाकामा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनले २ वर्ष पोष्ट ग्रयाजुयट तालिम र अर्थोपेडिकमा तीनवर्षे डिप्लोमा समेत गरे । बंगालादेशमा अध्ययन गर्दा शाहले रेडियो बंगालादेशमा समाचार वाचनको काम समेत गरे । बंगालादेशको पढाइ सकेर शाहले जनकपुरमा फर्केर आफ्नै क्लिनिक खोले भने अञ्चल अस्पतालमा जागिर समेत खाए ।

युवा अवस्थादेखि नै सामाजिक कार्यमा र अरुलाई सहयोग गर्नमा रुची राख्ने डाक्टर शाहले बंगालादेशमा अध्ययनकै क्रममा पनि बाढीपीडितहरुलाई सहयोग गर्न पुग्थे । त्यो बाहेक बंगालादेशमा एमबीबीएस अध्ययनका लागि पुग्ने नेपाली विद्यार्थीहरुलाई पनि उनले सक्दो सहयोग गरे । बंगालादेशमा रहेका नेपाली विद्यार्थीहरुको संगठनमा पनि काम गरे उनले । अध्ययन सकेर जनकपुरमा फर्किसकेपछि पनि उनले निशुल्क स्वास्थ्य शिविर चलाउने गर्थे । युनिसेफबाट संचालित नगर मेडिकल क्लीनिकमा पनि उनले स्वयम्सेवकका रुपमा काम गरे ।

जनकपुरमा काम गर्दैगर्दा उनी एउटा निजी तालिमका क्रममा अमेरिकाको बोस्टनमा आए । त्यसपछिका चारवर्ष उनले बोस्टनमा रिसर्चकै क्रममा बिताए । सन् १९९९ मा न्युयोर्क आएका डाक्टर शाहले रेसिडेन्सी तालिमको कोर्स पुरा गरे । जुन तालिमपछि उनले अमेरिकाको डाक्टरको मान्यता पाए । त्यसपछि उनले पीडाको व्यवस्थापनमा फेलोसीप गरे । फेलोसीप सकेपछि उनले एकवर्ष न्युयोर्कको एउटा क्लीनिकमा जागिर पनि खाए ।

त्यसपछि सन् २००४ मा उनले न्युयोर्ककै अल्बर्ट आइन्स्टाइन युनिभर्सिर्टीमा एसिस्टेन्ट प्रोफेसरको जागिर पाए । युनिभर्सिटीको एउटा विभागमा निर्देशकको जिम्मा समेत पाए उनले । युनिभर्सिर्टीमा काम गर्दा गर्दै उनले सन् २००८ मा न्युयोर्कको योंकर्समा आफ्नै मेडिकल स्थापना गरे । अहिले उनले न्युयोर्कको ज्याक्सन हाइटमा पनि आफ्नै मेडिकल संचालन गरे ।

अमेरिकामा आइसकेपछि अमेरिका नेपाल फ्रेन्डसीप सोसाइटी, अमेरिकामा नेपालका तराईबासीको संगठन एन्टा, एनआरएन अमेरिका, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका लगायतका संस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्यमा क्रियाशिल डाक्टर शाहले नेपालका विद्यालयहरुमा छात्रबृत्तिका लागि सहयोग गर्ने , गाउकै सरस्वती हाइस्कुलमा कम्प्युटर ल्याब बनाउन सहयोग गर्ने जस्ता काम गरिसकेका छन् । त्यो बाहेक अमेरिकामा पनि सामाजिक कार्यमा उत्तिकै सकृय छन् उनी ।

सन् १९९८ मा विहारको दरभंगामा डाक्टर विनोद शाहले सुजाता शाहसंग परम्परागत विहे गरेपछिका वर्षहरुमा शाहको जीवनमा निकै ठूलो सफलता प्राप्त भएको छ । सुजाता पनि पेशाले डेन्टिस्ट हुन् । पेशा मिल्दोजुल्दो भएकाले पनि शाहलाई श्रीमतिको सहयोग लिन सजिलो भयो । श्रीमतिको सहयोगबाट उनले सामाजिक कार्यमा समय निकाल्न भ्याइरहेका छन् । छोरा प्रशन्न शाह र छोरी राधिका शाहका पिता विनोद शाहले भविश्यमा नेपालमा गएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा कृयाशिल हुने योजना बनाएका छन् ।

उनी भन्छन् –“मानवीयताको सम्मान नै सबैभन्दा ठूलो महानता हो । ”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com