मैनालीको सांगीतिक प्रश्न : देश बनाउने जिम्मा कस्को ?


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

स्वीडेन निवासी श्रष्टा ब्रिजेश मैनालीको देशभक्तिपुर्ण गीत यो देश बनाउने जिम्मा कसको हो को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रताप लामा र सहिमा श्रेष्ठले स्वर र दिपक शर्माको संगित रहेकये गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन निलले गरेका हुन् । देशले वर्तमान अवस्थामा भोग्नुपरेको विकराल समस्याप्रति जिम्मेवार निकायहरुको वेवास्तामाथि खेद प्रकट गर्दैै गीतकार मैनालीले सबैले अधिकार प्राप्तिको नाममा कर्तव्य विर्सदै जाने हो भने यो देश बनाउने जिम्मा कसले लिने भन्ने प्रश्नलाई बडो मार्मिकढंगले प्रस्तुत गरेका छन् ।

राजनीतिका नाममा भित्रीएको अराजकता, बन्द हड्ताल, चक्काजाम र त्यसले आममानिसको जीवनमा पारेको असरलाई भिडियोमा यथार्थपरक ढंगले देखाइएको छ । आर्थिक असमानता, सहमतिको नाममा हुने अप्राकृतिक राजनीतिक गठबन्धन र अवसर विहीनताका कारण भैरहेको युवा पलायनलाई गीतले समेटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मुलुकको राजनीतिक दिशाहीनताको शिकार भैरहेको जनताको भावना गीतमा बुनेको हुँ।’ – रोयल टेक्निकल इन्स्टिच्यूट अफ स्टकहोमका स्कलर मैनालीले भने । उर्जाप्रविधिमा विधावारिधि गरेका मैनालीले गीतको रोयल्टिबापत प्राप्त हुने रकम बिपन्न बालबालिकाको शिक्षाको लागी खर्च गरिने बताए ।

म्युजिक भिडियोमा मनोज थापा, दीप शर्मा, रितेश श्रीवास्तव, शिवकुमार चम्लागाई, लक्ष्मना थापा, शैलेशमणि उपाध्याय, शोभिता पराजुली लगायतका करिब २० जना कलाकारले अभिनय गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com