यात्रुकाे झाेलाबाट आँप चाेरेपछि कर्मचारीलाई जेल सजाय


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

दुबई इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीलाई आँप चाेरेकाे भन्दै जेल सजायसहित पाँच हजार दिराम जरिवाना गरेकाे छ । उनले दुई वर्षअघि एयरपाेर्टमा काम गर्ने क्रममा यात्रुकाे झाेलाबाट आँप निकालेका थिए ।

गत सोमबार ती कर्मचारीलाई अदालतले दाेषी ठहर गरी तीन महिना जेल सजायसहित जरिवाना गरेकाे हाे । यसका साथै उनी जागिरबाट निलम्बित भएका छन् ।

ती कर्मचारी एयरपोर्टकाे टर्मिनलमा काम गर्दै आएका थिए । दुबई पब्लिक प्रोसिक्यूशनका अनुसार ती कर्मचारीले पहिले तिर्खाएर पानी खाेजेका थिए । पानी नदेखेपछि काम गर्ने क्रममा उनले यात्रुकाे झाेलामा आँप देखे । त्यही झाेलाबाट उनले दुई दाना आँप निकाले थिए । आँप निकालेपछि उनलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

यस घटनालाई सिसिटिभी क्यामेराले कैद गरेकाे थियाे । एयरपोर्टकाे सेक्युरिटीमा देखिएअनुसार ती आँप निकाल्ने कर्मचारीले भारत जाने यात्रुकाे झाेला खाेलेका थिए । साेही क्रममा उनले आँप निकालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com