थारूको गाउँमा सखिया र हुरुदुङ्ग नाचको रौनकता


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

मेनका चौधरी /झमक्क साँझ पर्नासाथ गाउँमा सखियाको मादल बज्न थाल्छ । हरेक तालले दशैँको संकेत गर्छन् । सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा ९सखिया नाचमा बजाइने बाजा० को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ । धेरै गाउँमा दसैं नजिकिएदेखि सखिया नाच सुरु भइसकेको छ । कतिपय गाउँमा घटस्थापनाको दिनदेखि सुरु भएको छ ।

युवायुवतीले परम्परागत पोसाक र गहना लगाएर साँझ पर्नासाथ गाउँमा सखिया र हुर्दङ्ग नाचमा रमाइरहेका छन् । विभिन्न गाउँमा दशैँलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । फरक संस्कृति र कलामा रमाउने पश्चिम तराईका थारू समुदायका किशोरहरू चाडपर्वका बेलामा मजाले रमाउँछन् ।

थारु भाषामा ‘सखि’को अर्थ हुन्छ– साथी । साथीहरूसँगै नाच्ने हुनाले यसलाई सखिया भनिएको हो । सखियालाई बर्का नाच पनि भन्ने गरिन्छ । सखियामा देवीदेवताको पूजाआजा गरी नाचिने हुनाले यसलाई थारू समुदायको धार्मिक महत्वसित जोडिन्छ । सुरु गरिने दिन नतोकिए पनि हरेरी मनाइसकेपछि नाच्ने थारु संस्कृतिका जानकारले बताउँछन् । हरेरीमा गाउँमा नाचगानको अवसर खुलाउन गाउँका सबै मादल जम्मा गरेर गुरुवाले मन्त्र पढ्छन् । त्यसपछि नाचगान सुरु हुन्छ । त्यसपछि मात्रै सखिया नाच गर्न सकिन्छ ।

बाँके बर्दियाका थारूहरुको घरआँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको छ । “ढिक्रीका लागि चामलको पिठो तयार छ  । सुकेको माछा (सिद्रा) डलियामा छँदै छन्”, बारबर्दिया–५ का लालबहादुर चौधरीले भन्नुभयो, “सप्तमी अघि नै कुल देउताको लागी धुपलिँदै छन् ।

कुल देउतालाई चढाउन र नाचगान गर्दा माला लगाउन देउना बेबुरी घरको पुराना झैँ निरन्तरता पाएको छ ।” “हाम्रो गाउँमा दशैँ लागिसक्यो । नाचगान हुन थालेको छ । कुल देउतालाई चढाउने ९छाकी० रक्सी गोलरा (माटोको भाँडोमा) छ । आँगनमा देउना बेबुरीको फूल मगमगाइरहेको छ । मासुको परिकारका लागि ९जिता० खानेहरू लेखाइसके । कुलदेउतालाई चढाउने ९छाकी० रक्सी गोलरा ९माटोको भाँडो० मा छ ।

सखियामा नाच्ने मध्यबाट मुख्य एक–एक जना मोह्रिन्या र पछगिन्या चुनिन्छ । मादल बजाउने मध्यबाट मुख्य एकजना अगह्वा मन्र्दया चुनिन्छन् भने एक जना पछुवा मन्र्दया हुन्छन् । गुरुवाले पूजा (गुरई) गरिसकेपछि मात्रै सखिया सुरु र अन्त्य गर्न मिल्ने थारु महिलाहरुको भनाइ छ । ‘देवीदेवताको मञ्जुरी माग्न पूजा गर्नुपर्ने मान्यता छ,’ चौधरीले भन्नुभयो, ‘छाँकी ९रक्सी० चढाएर पूजा गरिसकेपछि मात्रै सखिया नाच नाच्न र गाउन मिल्छ ।’ नाच सुरु गर्दा मुख्य मादल र मञ्जिरामा छाँकी चढाएर आकाश, पाताल, पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ फर्किएर बजाउने गरिन्छ । त्यसपछि सखिया नाच सुरु हुन्छ ।

“ढिक्रहवा (अष्टमी) देखि फूलपाती ९पिट्रवा० सम्म मजाले नाचगान गरेर रमाउने हो”, बारबर्दिया नगरपालिका फच्कहवा बेलभारका तुलसी चौधरीले भन्नुभयो, “दशैँका लागि आवश्यक पर्ने सरसामान तयारी गरिसकेका छौँ ।” चाडपर्वअगावै थारू गाउँमा रौनक र खुशीको माहोल छाउनु हाम्रो थारू समुदायको अर्को विशेषता रहेको चौधरीले बताउनुभयो ।

एक महिनादेखि दशैंको चहलपहल सुरु हुन्छ । वर्षापछि बालीनालीमा किरा नलगोस् भनेर गरिने हरेरी पूजाले दशैँ आउन थालेको सङ्केत गर्छ । हरेरीको दिन नाचगान गरिन्छ । त्यही दिनदेखि थारू समुदायले दशैँको आगमनलाई स्वागत गर्ने चलन छ । “हरेरी पूजापछि दशैँ शुरु हुन्छ । पहिले दिनभरि घाँस काट्ने र साँझ रमाइलोका लागि नाच ग-यौँ ।

अहिले पनि नाचिच्दै आएको छन्”, थारू नाचगान गर्दै आएका दयाराम चौधरीले भन्नुभयो, “पुरानो पुस्ताले जस्तो रमाइलो गरी दशैँ नमनाए पनि परम्परा भने जोगिएको छ ।” युवाले पनि आफ्नै परम्परा र मौलिक गीत, नृत्य र वाद्यवादन सिक्न थालेका छन् । त्यस्तै पहिले महिलाले नाचमात्रै हेर्न पाउने परम्परागत मान्यतामा पनि परिवर्तन आएको छ । युवापुस्तासँगै महिलाले पनि पुरुषसँगै गीत गाउन, मादल बजाउन र नाच्न पाउने अधिकारलाई समाजले विस्तारै खुकुलो पार्दै गएको छ ।

दशैँको नवमी र दशमीका दिन महिलालाई पूर्णरूपमा नाच्ने स्वतन्त्रता हुन्छ । सयौँ वर्ष पुराना थारू गीत समयपिच्छे फरक छ । साँझ करनउटी, जन्माउटी, फूलबार गीत र मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउँसो दिननचवा र कहरा गीत गाउने परम्परा छ । थारू समुदायमा जुनैसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन ।

घटस्थापनादेखि जमरा राखेर थारू समुदायले आफ्ना कुलदेउतालाई पूजा गर्छन् । त्यसपछि घर सफासुग्घर गरिन्छ । थारूहरूले त्यस दिनलाई झोलझोर्न भन्छन् । भोलिपल्ट घर लिपपोत गरिन्छ । दशैँको नवमीका दिन ९ढिक्रहवा० कुलदेवतालाई ढिक्री, जमरा र देउना बाबरी फूलले पूजा गरिन्छ । अर्को दिन महिला नदी वा ताल छेउमा पितृलाई पिण्ड दिएर मासु र रक्सी खानपिन गरी नाचगान गर्ने चलन रहेको छ । विजया दशमीको दिन बिहानै ठूलाबडाबाट टीका लाउने र आशीर्वाद लिने तथा सबैजना जम्मा भएको मौका पारी नाचगान गर्ने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com