यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले अन्ततः राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनु पर्ने ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।

महराले उपसभामुख समक्ष राजीनामा बुझाएका हुन् । आफू विरुद्ध लागेका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिनमा सहयोग पुगोस् भनेर नैतकिताको आधारमा आजैका दिनदेखि लागू हुनेगरी छानबिन नसकिँदासम्मका लागि पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिलाले सोमबार सभामुख महराले आफुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा (नेकपा)सचिवालयको आकस्मिक बैठकसमेत डाकिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com