सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई नेकपा सचिवालयकाे सुझाव


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ ।  संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पद दुवैबाट राजीनामा दिएर छानबिनका लागि बाटो खुला गरिदिन नेकपाकाे सचिवालय बैठकले सुझाव दिएको हो ।

यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा सुझाव दिनुभएको थियो ।

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको छ ।  संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख महराले आइतबार आफ्नो कोठामै आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com