विवाह प्रस्ताव गर्दा प्रेमीको डुबेर ज्यान गुम्यो !


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

आफ्नी प्रेमिकालाई पानीभित्रबाट विवाह प्रस्ताव गर्ने क्रममा एक अमेरिकी नागरिकको डुबेर मृत्यु भएको छ । स्टेभेन बिबर र उनकी प्रेमिका केनिसा आन्टोनिया तान्जेनियाको एउटा पानीमुनिको रिसोर्टको एउटा कोठामा बसेका थिए । मान्टा रिसोर्टको पानीभित्र पौडी खेली प्रेमिका आन्टोनियालाई विवाह प्रस्ताव गर्दागर्दै बिबर डुबेका थिए ।

बिबरको मृत्यु भएको आन्टोनियाले पुष्टि गर्दै भनेकी छिन्, ‘बिबर गहिराइबाट सतहमा आएनन् ।’ पानीभित्रको कोठाबाहिर निस्फिक्री ढंगले एक्लै पौडने क्रममा बिबर डुबेको मान्टा रिसोर्टले जनाएको छ ।

‘मान्टा रिसोर्टमा यही बिहीबार भएको घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्छौँ,’ रिसोर्टले एक विज्ञप्तिमा भनेको छ । घटनाले सबैजना स्तब्ध बनेको रिसोर्टका सिइओ म्याथवी साउसले बताए । बिबर र उनकी प्रेमिकाले रिर्सोटको पानीमुनिको कोठा चार दिनका लागि बुक गरेका थिए । प्रतिदिनको १७ सय डलर पर्ने सो कोठा पानीको सतहभन्दा ३२ फिटमुनि रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिसोर्टको तेस्रो दिनको बसाइमा बिबरले विवाह प्रस्ताव गर्ने उद्देश्यले पानीभित्र हाम फालेका थिए भने उनकी प्रेमिकाले सिसाको कोठाबाट सो दृश्यको भिडियो खिचिरहेकी थिइन् । उनले एउटा नोट लेखेर क्याबिनको सिसाको झ्यालतर्फ फाल्न लागेका थिए । उनको नोटमा लेखिएको थियो, ‘तिमीलाई असाध्यै माया गर्छु भन्नका लागि लामो समय श्वास रोक्न सक्दिनँ ।’ उनी गोजीबाट इन्गेजमेन्ट रिङ झिकेर प्रेमिकालाई देखाउने क्रममा डुबेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com