दाईजो नल्याएको भन्दै निर्घात कुटपीट


प्रकाशित मिति : श्रावण २८, २०७३ शुक्रबार

दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ ।

गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वषर्ीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताए ।

घाइते जोलहालाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि घटना बाहिर आएको उनले बताए । उनीहरुबिरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

२ वर्ष अघि मागी विवाह भएको आसरुनको पटक पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान सासु ससुराले कुटपिट गर्ने गरेको बताईन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com