फोन संवादको विवाद चर्किँदै, युक्रेनका लागि अमेरिकाका विशेषदूतले दिए राजीनामा


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

एजेन्सी । युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्ट भोल्केरले रजिनामा दिएका छन् । युक्रेनका राष्ट्रपतिसँग फोन संवादको विषयमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियाअघि बढाएको समयमा विशेषदूत भोल्केरले राजिनामा दिएको समाचार सार्वजनिक भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जुलाइ २५ मा ट्रम्पले फोन गर्दैै पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनका छोराविरुद्ध भ्रष्टाचारको अभियोग लगाउन दबाब दिएको समाचारमा सार्वजनकि भएको थियो । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीको तर्फबाट जो बाइडेन प्रतिस्पर्धा हुने संभावना रहेको छ ।

विपक्षी दलका नेतालाई बदनाम गराउन विदेशी शक्तिको प्रयोग गर्न खोजेको आरोप ट्रम्पमाथि लागेको छ । युक्रेनको सम्बन्धमा भोल्केर ट्रम्पका प्रमुख सम्पर्क सुत्रको रुपमा रहेका छन् । तल्लो सदनमा अन्तर्राष्ट्रिय मामिला समितिले उनीसँग अर्को साता बयान लिने तयारी गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com