ट्रम्पको अध्यागमन नीतिबारे न्युयोर्क टाइम्सको ब्याख्या


प्रकाशित मिति : १४ फाल्गुन २०७३, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश र त्यसलाई कार्यान्वयनका लागि जारी निर्देशिकाबारे न्युयोर्क टाइम्सले ब्याख्या गरेको छ । व्याख्या गरिएको ट्रम्पको अध्यागमन नीतिबारेका केही महत्वपूर्ण पक्ष ।

कसलाई डिपोर्ट गरिनेछ ?

सन् २०१४ मा ओबामा प्रशासनले एउटा निर्देशिका जारी गर्दै गिरोहका सदस्य, अपराधी र सुरक्षाको दृष्टिकोणले खतरा कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको प्राथमिकतामा राख्ने जनाएको थियो । तर नयाँ निर्देशिका अनुशार अब कागजपत्रविहिनहरुलाई देशनिकालाका लागि कुनै प्राथमिकता छैन ।

देशनिकालाका लागि योग्य जो सुकै व्यक्ति पनि कानुन कार्यान्वयनमा पर्नसक्छ । अध्यागमन अधिकारीहरुले अब कुनै पनि अभियोग लागेको वा अपराधमा दोषी ठहरिएको व्यक्तिलाई पक्राउ गरेर देशनिकाला गर्न सक्छन् , चाहे ससानो अपराध नै किन नहोस् । यदि कुनै व्यक्तिले पहिले नै देशनिकालाको आदेश पाइसकेको छ भने उसले अपराध गरेको छ वा छैन भन्ने कुनै वास्ता विना नै देशनिकाला गर्नसक्नेछन् ।

ओबामा कार्यकालमा भने देशनिकालाको उच्च प्राथमिकतामा नपरेको बाहेक अरु व्यक्ति देशनिकालामा पर्ने सम्भावना शुन्यप्राय थियो ।

क्याच एण्ड रिलिज
ओबामा कार्यकालमा गैरकानुनी रुपमा सिमा पार गर्ने व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुले एसाइलमको आग्रह गर्दा त्यस्तो व्यक्तिलाई अमेरिकी भूभागमा नै रिहा गरिन्थ्यो । त्यसपछि अध्यागमन प्रणालीमा बर्षौपनि लाग्न सक्थ्यो । एसाइलमका लागि गरिएका अधिकांश अनुरोधहरु अस्वीकृत त हुन्थे तर व्यक्ति भने सधै अमेरिकामा नै बसिरहेको हुन्थ्यो भने उसलाई भेट्याउन पनि सजिलो थिएन ।

तर ट्रम्प प्रशासनले कथित क्याच एण्ड रिलिजको नीतिलाई अन्त्यको घोषणा गरेको छ । अध्यागमन निर्णय कुरेका बन्दीहरुलाई राख्ने स्थानको अभावका कारण क्याच एण्ड रिलिजको नीति कायम थियो । तर मंगलबार जारी निर्देशिकामा अधिकारीहरुलाई डिटेन्सन सेन्टरहरु बढाउन निर्देशन दिइएको छ । तर एसाइलम खोज्ने र कागजपत्रविहिन मेक्सिकनहरुलाई राख्ने सेन्टरहरु निर्माण गर्न वा जेलहरुमा प्रसस्त स्थान प्राप्त गर्न भने समय लाग्ने देखिन्छ ।

त्यस्तै निर्देशिकाले मेक्सिकन नभएपनि मेक्सिकोहुँदै छिर्नेलाई अध्यागमन प्रकृया पूरा नहुन्जेलका लागि मेक्सिको नै फिर्ता पठाएर अध्यागमन प्रकृया कुर्नुपर्ने अर्को विकल्प पनि उठाएको छ । यो प्रस्ताव भने आफैमा समस्यासहित आएको छ । किनभने अमेरिकी कानुनले यस्तो कुरा स्वीकारेपनि मेक्सिकोको कानुनले गैरमेक्सिकनलाई मेक्सिको फिर्ता लिने कुरा स्वीकार्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधिस नचाहिने

दुई दशक अगाडि अमेरिकी संसदले अमेरिका आएको धेरै समय नभएका कागजपत्रविहिनलाई न्यायाधिस समक्ष नलगिकनै शीघ्र देशनिकालाको प्रकृयामा लैजानसक्ने कानुन पारित गरेको थियो । व्यवहारत सरकयरले यो प्रकृयालाई तीब्र गतिको देशनिकाला भन्दै आएको थियो ।

सन् २००२ देखि तीब्र गतिको देशनिकाला त्यस्ता कागजपत्रविहिन व्यक्तिको लागिमात्र लागु गरिएको थियो जो अमेरिका आएको दुईसाता पुगेको छैन र सिमाक्षेत्रको एकसयमाइल आसपासमा पक्राउ परेका छन् । तर अब ट्रम्प प्रशासनले अहिले सुरुकै कानुनले अनुमति दिएअनुशार तीब्र गतिको देशनिकाला कार्यान्वनको योजना बनाएको छ ।

जस अनुशार दुईबर्षभन्दा कम अवधि भएको र अमेरिकाको जुनसुकै स्थानमा पक्राउ परेको कागजपत्रविहिनलाई तीब्र गतिको देशनिकालामा राख्न सकिनेछ ।

यसबारेको विस्तृत रिपोर्ट न्युयोर्क टाइम्समा पढ्न सक्नुहुनेछ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com