‘सिपाहीको डायरी’ उपन्यास विमोचित


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।

लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गर्नुभयो । पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन गरिदिएको बताउँदै उपन्यासमा साहस, ज्ञान र अनुभव सङ्कलित भएको जनाउनुभयो । उहाँले सो पुस्तक हरेक सिपाहीले पढ्नुपर्ने जनाउनुभयो ।

विसं २०६१ साउन २३ गते कालीकोटको पिलीमा भएको दोहोरो भिडन्तमा मारिएको भनेर किरियासमेत गरिएका लेखक ९म पात्र० अपहरणमा परेर बचेको रोचक सन्दर्भ पनि पुस्तकमा छ । सेनाको आठ वर्षे सेवापछि शान्तिवार्तापछि लेखक कटुवालले राजीनामा दिई अध्ययन र योग क्षेत्रमा प्रवेश रोज्नुभएको थियो ।

उहाँ हाल योग र महिला सशक्तिकरणमा विद्यावारिधि गर्दै हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय संस्कृति विभागका सहप्राध्यापक रोहिणीराज तिमल्सिना र पत्रकार आश्विनी कोइरलाले पुस्तकको समीक्षा गर्दै यसमा मान, अभिमान, सान र मनोविज्ञान समेटिएको जनाउनुभयो । प्रकाशक ‘बुलबुल’ प्रकाशनका प्रमुख अच्युत घिमिरेले प्रकाशनको ५१औँ कृतिका रुपमा फरक विषयमा अनुभवमा आधारित उपन्यास प्रकाशन गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com