सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिनुभयो ।

सरकारले आगामी कात्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी प्याड वितरणको शुभारम्भ गर्ने भएको हो । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्ने छ ।
प्याड आवश्यकपर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारको गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो । प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझाकोष खडा गर्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com