न एम्बुलेन्स ः न एक्सरे


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्टे«चरमा राखेर अस्पताल लाने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ ।

चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतले बताउनुभयो । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र अस्पताल एकै कार्यालयको रुपमा रुपान्तरण पछि अहिले गाभ्ने कार्य शुरु भएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com