ट्रम्पले संचार माध्यमलाई किन धतुरो झारे ?


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

विजय थापा 

राष्ट्रपति डोनाल्ड ट्रम्प अहिलेका बिश्व का सम्राट हुन्।उनि राजा महाराजा भन्दा कम छैनन कुनै पनि कुरामा। उनि आफै लडेर अमेरिकाका राष्ट्रपति भएका हुन्।उनि रिपब्लिकन दलका घगडान नेताहरु तथा दलको सहयोगले चुनाव जितेका हैनन् । उनि आफ्नो आत्म विश्वास तथा अमेरिकन जनताको मन जितेर शानदार बिजयी भएका हुन।बिश्वले उनलाई चाहेको थिएन। संचार माध्यम को नगन्य उनलाई सहयोग थियो।उनलाई खाटि अमेरिकनहरुको अथाह सहयोग रहेको बुझियो ।

उनि राजा जस्तै ब्यबहार गर्छन। किनभने उनि सम्राट नै हुन् ४ बर्ष सम्म को लागि।अर्को ४ बर्ष पनि राष्ट्रपति पड्काउन सक्छन। उनि आए पछि अमेरिकन बजार चुलिदै गएको छ।उनलाई अझ पनि कोहि चाहिदैन। कसैको पनि सुन्ने गर्दैनन्। आफु भित्र रहेको र गुम्सेको कुरालाई ओकली दिन्छन।भन्न कसैलाई बाकी राख्दैनन् ।

मानौ उनका चिर शत्रु संचार माध्यम हुन्।उनलाई संचार माध्यमका कुनै कुरा चित्त बुझ्दैन।उनि आफु मुखाले भएकोले छिरिक्क सहन सक्दैनन्।जहाँ पनि संचार माध्यम को धज्जी उडाउछन्।आलोचना खप्न सक्दैनन्।राष्ट्रपतिको प्रत्याशी भए देखि संचार माध्यमले गरेको खेदोलाई अझ सम्म पनि बिर्सेका छैनन्।अलिकति संचार माध्यममा बाङ्गा कुरा हुना साथ सामाजिक संजाल ट्वीटर बाट झटारो हान्छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले पनि उनको पक्षमा बिश्व छैन।संचार मध्यम हुने त् कुरै भएन।संचार माध्यम उनका कट्टर बिरोधि हैनन्।उनको पक्षमा भन्दा विपक्ष तथा अत्यधिक आलोचना भएकोले उनि संचार माध्यम संग बिच्केका छन्।उनिले चुनावी अभियानमा बोलेका कुराहरु फत्ते गर्न कुनै कसर नछोड्ने प्रतिबद्धतामा रहेका छन्।उनले बोले पछि गरेर छोड्न लागि परेका छन्।संचार माध्यम संग उनको कुरा मेल खादैन।उनलाई संचार माध्यम चाहिदैन किनभने संचार माध्यमलाई उनि चाहिएको छ।उनले राष्ट्रपति को उम्मेदवार हुँदा देखि नै संचार माध्यमलाई झाको झार्ने गरि रहेका थिए भने त्यो अझ पनि कायमै छ ।

उनि संचार माध्यमले राम्रो लेखोस भन्ने चाहना राख्ने हुनाले उन्को संचार माध्यम संग पटदैन।उनले बोलेको कुरा र कार्यकारी आदेशलाई अदालतले समेत नमानेको हुनाले संचार माध्यमले अझ आगोमा घिउ थपेर उनको विपक्षमा लेखेको हुनाले उनलाई असह्य भएको छ।अझ उनको पहिला देखि नै रुस संग साँठ गांठ भएको भनि संचार माध्यमले खेदो खनेको अवस्था को कारण उनि अझ संचार माध्यमलाई खुरुन्दार रुपमा धतुरो झारी रहेका छन् ।

उनि बिशेष कुनै सभा, सम्मेलन ,भेटघाट या कुनै प्रकारको भेटघाटमा पनि नक्कली समाचार र बॆइमान संचार र संचार माध्यम भनि कुरा निकाली हाल्छन।मानौ संचार माध्यम भनेका साढे लाई रातो कपडा देखाउदा चिड चिडापन जस्तो भएको जस्तो हो कि भन्ने पनि भएको छ।उनले संचार माध्यमलाई कुनै आग्रह र पूर्वाग्रह नगर्ने पनि भनेता पनि उनको स्वभावको कारण संचार माध्यमको व्यवहार दोहोरिने भै रहन्छ।किनभने उनि देशका राष्ट्रपति हुन्।व्यक्तित्व र हैशियत पनि राख्दछन ।

यसको अर्थ यो हैन कि संचार माध्यम उनका चिर शत्रु भन्ने चाही हैन।जब उनि मनोरंजन को दुनियामा एउटा प्रायोजक तथा लगानी कर्ताको रुपमा संलग्न थिए त्यो अवस्थामा उनि संचार माध्यमका प्रिय थिए।उनले पनि मन पराउथे।तर त्यो दुनिया र राजनैतिक भुमि अलग भएकोले सामाजिक सचेतनामा खबरदारी गरि रहने ,बिकृति र विसंगति कुरालाई पनि सतह बाहिर निकाल्नु पर्ने हुनाले त्यो कुरा बाहिर आएकोले त्यो कुरा राष्ट्रपति ट्रम्प लाई हजम नभएकोले कुरा अहिले सम्म चिसिएको मात्र हो।यद्धपि उनको पक्षमा संचार माध्यमले कलम चलाई दिए भने यो मुद्धाहरु समाप्त हुन्छ ।

ट्रम्पका नीतिको आलोचना गरिरहेका अमेरिकी संचार माध्यमका सम्बाददातालाई ह्वाइट हाउसमा प्रवेशमा समेत रोक लगाइएको छ । गत फेब्रुअरी २४ शुक्रबार ह्वाइट हाउसका प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन लगायतका चर्चित संचार माध्यमका वरिष्ठ सम्बाददातालाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइयो । ट्रम्पका नीतिप्रति उदारभाव राख्ने संचार माध्यमलाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।

बरिष्ठ सम्बाददाताहरुलाई पत्रकार सम्मेलन कक्षभित्र प्रवेश गर्ने क्रममा सूचीमा उनीहरुको नाम नभएको भन्दै रोकिएको थियो भने अपमानजनक नीतिप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका केही संचार माध्यमले पत्रकार सम्मेलन बहिस्कार समेत गरेका थिए।ह्वाइटहाउसबाट अहिलेसम्म यस्तो निच ब्यवहार कहिल्यै नभोगेको भन्दै अन्य संचार माध्यमहरुले पनि आलोचना गरेका छन् । ट्रम्पले सार्वजनिक रुपमै ‘फेक न्यूज मिडिया’ अर्थात नक्कली समाचार छाप्ने संचार माध्यम भन्दै सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए ।

सन् २००९ मा फक्स न्युजलाई ओबामा प्रशासनले रोक लगाउने कुरा गरे पछि अन्य संचार माध्यमले फक्सन्युज लाई साथ दिए पछि त्यो कुरा मत्थर भएको थियो।गत फेब्रुअरी २४ तारिख राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यग्यात्मक गर्दै अज्ञात स्रोतहरू पटक पटक प्रयोग गर्दै संचार माध्यमको धज्जी उडाएका थिए।र उनले उक्त कुरा राष्ट्र्र कै बृहत सहभागिता भएको कन्जरभेटिव राजनीतिक कार्य सम्मेलनमा भने ।

ट्रम्पले बेईमान संवाददाता भन्दै आफै “कथाहरू बनाउने र स्रोतहरु बनाउने भन्ने आरोप लगाए।यो कुरा उनीहरुलाई श्रोतको प्रयोग गर्न गर्न दिनु हुदैन भन्दै उनीहरुले कसैको नाम प्रयोग गर्नु पर्ने बताएका थिए।उनले कन्जरभेटिव राजनीतिक कार्य सम्मेलनमा गम्भीर कुरा मा छलफल भन्दा संचार माध्यमको धतुरो झारेका थिए।सामाजिक संजालको युग रहेको र सूचना तपाई को अधिकार भएको हुनाले बिश्वले सदैव नकारात्मक भन्दा सकारात्मक समाचार र सूचना पाई रहोस।शुभकामना !

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com