अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

१० असोज (रासस-एएफपी) ः संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।

हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो ।

अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ ।

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो सङ्ख्या सबैभन्दा कम हो । यसै वर्षको सङ्ख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो सङ्ख्या ८५ हजार रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । उहाँको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो ।
आजको. दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्राष्ट्रिय उद्धार कमितिका सिइओ डेभिद मिलिबान्दले बताउनु भएको छ ।

सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो ।

शरणार्थीको यस सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ ।
त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com