चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

न्यूयोर्क, ९ असोज (रासस-सिन्ह्वा) – चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल संयुक्तराष्ट्र संघ महासभाको ७४औं बैठकमा सहभागी हुन हाल न्यूयोर्कमा रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ विदेशमन्त्री यीले संयुक्तराष्ट्र सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका रुपमा रहेका चीन र फ्रान्सले विश्व बहुलवाद र खुला विश्व अर्थतन्त्र निर्माणमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गर्नुभएको फ्रान्सको औपचारिक भ्रमणले द्वीपक्षीय सम्बन्ध निर्माणमा नयाँ अध्याय प्रारम्भ गरेको बताउनुभयो ।

सो अवसरमा फ्रान्सेली विदेशमन्त्री ली ड्रायनले दुबै मुलुकका राष्ट्राध्यक्षबीच उच्चस्तरको आपसी विश्वास रहेको बताउँदै दुबै देशले बदलिँदो विश्व परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो छ भन्नुभयो ।
––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com