अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

८ असोज (रासस-सिन्ह्वा) ः फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गर्नुभएको छ । उहाँले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ ।
सन् २०१५ को आणविक सम्झौताको नामै लिएर उहाँले सो आग्रह गर्नुभएको थियो । विश्वका विभिन्न शक्तिराष्ट्रहरले इरानसँग उक्त आणविक सम्झौता गरेका थिए । उक्त सम्झौताको हस्ताक्षरकर्ता रहेको अमेरिकाले भने उक्त सम्झौताबाट आफू अलग्गिएको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो आग्रह गर्नुभएको हो । उहाँले इरानले आणविक उत्पादन र विकास भने नगरेको बताउनुभएको समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोले इरानमाथि आणविक सम्झौताका विषयलाई लिएर दवाब मात्र दिँदा त्यसले क्षेत्रीय रुपमा तनावमात्र उत्पन्न गर्नेहुँदा यस विषयलाई वार्ताको माध्यमबाट समधान गर्नुपर्ने धारणा राख्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै हालैमात्र साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको हमलाको यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको भए पनि अमेरिकाले भने त्यस घटनामा इरानको हात रहेको आरोप लगाएको प्रसंग पनि आफ्नो सो सम्बोधनका क्रममा उल्लेख गर्नुभएको थियो ।

यस्तै कारणहरुले पनि पछिल्लो समयमा यस क्षेत्रमा द्वन्द्वको अवस्था सृजना भएको र यसले कुनै पनि देशलाई राम्रो नगर्ने उहाँले बताउनुभएको छ । अनुमानका आधारमा गरिने यस्ता दोषारोपणहरुले समस्याको शान्तिपूर्ण समाधानलाई भन्दा पनि द्वन्द्व बढाउने कामलाई सघाउने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com