दसैंमा देशभर ‘रुट पर्मिट’ खुला : ठूला मालवाहकलाई रोक


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ ।

दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ ।

सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com