Follow @khasokhasmag

हवाई कारबाहीमा तीस आतङ्ककारी मारिए


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

७ असोज (रासस -सिन्हवा) ः अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिनु भएको छ ।

सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ ।
विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूह यस कारबाहीको कुनै टिप्पणी गरेका छैनन् ।
–––

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com