चाडपर्वको शुरुआत ः पारि भीड, वारि सुनसान


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

–काशीराम शर्मा

सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।

नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि कस्मेटिक, चुरापोतेलगायतका पसल सानो गल्लीभित्र लहरै लागेका छन् । सबैको रोजाइँमा पर्ने एकलैनीभित्र सामान किनमेल गर्नेको भीड र ताँती सधैँ एकनासको हुन्छ । अहिले चाडपर्वको मौसम शुरु भएसँगै एकलैनी आसपासका बीच सडकमै पसल थापिएका छन् । एकलैनी र सदरलाइनका बीच सडकमा जब पसल थापिन्छ, हिन्दूका चाडपर्व शुरु भएको भन्ने बुझिन्छ । यो सडकखण्डको ‘बीच बाटो’मा पसल थाप्नु परम्पराजस्तै हो ।

बीच सडकमा पसल राखिँदा यात्रामा अलिकति असहज भए पनि यसलाई यहाँका बासिन्दाले सहजरूपमा लिने गर्दछन् । नेपालगञ्जको सदरलाइन मुख्य बजारअन्तर्गत नै पर्दछ । नेपालगञ्ज उपमहानगरपालिकाले चाडविशेषमा लाग्ने पसललाई व्यवस्थित गर्ने प्रयास गर्दै आएको छ । यहाँ एउटा पसल राखेवापत रु २५० को पर्चा काट्नुपर्ने नियम रहेको पसले बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदरलाइनमा अलि लामो समयका लागि दशैँ–तिहारमा पसल लाग्छन् । अरु चाडपर्वमा दुई÷तीन दिनका लागि पसल लगाउने गरिन्छ । बाहिरबाट आएका यात्रुलाई असहज लागे पनि यहाँका रैथानेले बीच सडकमा लागेका पसललाई स्वभाविकरूपमा लिने मात्रै गरेका छैनन्, त्यस्तो पसल देखेपछि चाडपर्व भित्रिएको धारणा बनाउँछन् । चारपाङ्ग्रे साधनलाई प्रवेश नदिँदा सडकमा थापेका पसलले अप्ठ्यारो नपार्ने स्थानीयवासी अनिल श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बीच सडकमा पसल थापेको देख्दा चाडबाडको रौनक बढेजस्तो लाग्छ ।”

चाडवाडका बेला सबै सामान एकलैनी बजारमै पाइन्छन्, तर नेपाली उपभोक्तालाई भने भारतीय बजारमा भरोसा धेरै छ । दशैँ आउन दुई साता बाँकी छ, नेपाली उपभोक्ता नेपालगञ्जमा किनमेल नगरी भारतीय बजार रुपैडिहा पुग्ने गर्छन् । सीमापारि भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढिरहेको छ । सीमावारिको नेपाली बजार भने सुनसान बनेको छ । सीमापारि सस्तो सामान पाउने लोभमा नेपाली ग्राहक उतै केन्द्रित हुने गरेका छन् ।

नेपालगञ्जको बजारभन्दा सीमावर्ती रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीडभाड भइरहेको छ । नजिकिँदै गरेका चाडपर्वका लागि नेपालगञ्ज बजारमा सबैखाले उपभोग्य सामग्री सहजरूपमा उपलब्ध भए पनि आम उपभोक्ता भने रुपैडिहा बजारप्रति नै बढी आकर्षण छ । नेपाली ग्राहकको भीडले सीमावर्ती रुपैडिहा बजारको कारोवार ह्वात्तै बढेको छ । यहाँका मात्र नभई पहाडी जिल्लाका उपभोक्ता समेत किनमेल गर्न रुपैडिहा पुग्ने गरेका छन् ।

नेपालीले ग्राहकले दैनिकरूपमा रुपैडिहा बजारमा पुगेर कति रकम बराबरको किनमेल गर्छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि चाडपर्वको मुखमा करीब रु ५० लाखको हाराहारीमा नेपाली ग्राहकले रुपैडिहामा किनमेल गर्ने गरेका भारतीय व्यापारीको अनुमान छ । नेपालगञ्जबाट अटोरिक्सा, ई–रिक्सा, माइक्रोबसजस्ता सवारीसाधन तथा मोटरसाइकलबाट पनि ठूलो सङ्ख्यामा उपभोक्ता किनमेलमा जाने गरेका छन् ।

चाडपर्व र बिहेवारीको सिजनबाहेक पनि नेपालगञ्जका करीब ५० प्रतिशत उपभोक्ता सस्तोमा दैनिक उपभोग्य सामग्री खरीद गर्न पाउने लोभमा रुपैडिहा नै पुग्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । उहाँका अनुसार मल्टिनेशनल कम्पनीको सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पर्छ । तर नेपाली उपभोक्ता भने भारतमै सस्तो पाइने लोभमा रुपैडिहामा ठगिइरहेका छन् ।

सामान्यतया मुस्लिम समुदायको इद, हिन्दूको दशैँ–तिहार र छठमा नेपाली उपभोक्ताले सीमावर्ती बजार रुपैडिहाको व्यापार ह्वात्तै बढाइदिन्छन् । यसरी रुपैडिहा किनमेल गर्न जानेमा बढीजसो नेपाली गृहिणी छन् । प्रायः सबै पसलमा नेपालीकै भीडभाड देखिन्छ । दशैँ–तिहारजस्ता पर्वमा चाहिने सामान किन्नका लागि नेपाली ग्राहकको रुपैडिहा बजारमा निकै भीड बढ्न थालेको रुपैडिहाका कपडा व्यापारी अमनलाल सिन्धीले बताउनुभयो ।

किनमेलका लागि नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दैलेख, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि उपभोक्ता रूपैडिहा पुग्ने गरेको व्यापारी सिन्धीको भनाइ छ । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका रुपैडिहामा साना–ठूला गरी एक हजार बढी पसल रहेका छन् । धेरै खाद्यान्न, फेन्सी र काँचो कपडा पसल रहेका छन् । रुपैडिहामा अटोमोबाइल्सको व्यापारमा पनि उत्तिकै बढेको छ ।

एउटा पसलले दैनिक कम्तीमा रु तीन लाख बढीको कारोवार गर्ने व्यापारी सिन्धीले बताउनुभयो । उहाँका अनुसार रुपैडिहाको व्यापार ९० प्रतिशत नेपाली ग्राहकले नै धानेका छन् । दैनिक उपभोग्य सामग्री, साबुन, महिला सौन्दर्यका सामग्री, लत्ताकपडा, अन्न, विद्युतीय उपकरण, मोबाइल, साइकललगायतका सामग्री नेपाली ग्राहकले खरीद गर्ने गरेका छन् । नेपालगञ्ज बजारको तुलनामा रुपैडिहाको बजार मूल्यमा खासै अन्तर छैन ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com