सलमानसँग ज्याकलिन ‘किक २’ मा


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

एजेन्सी/ बलिउड अभिनेता सलमान खानको सफल चलचित्र ‘किक’ को दोस्रो पार्ट बन्ने भएको छ । दोस्रो भागमा सलमानको साथमा ज्याकलिननै देखिने भएकी छिन् ।

‘किक’को सफलतापछि नै ‘किक २’ बन्ने चर्चा सुरु भएको थियो तर लामो समयपछि निर्माता निर्देशक साजिद नाडियाडवालाले यसको स्क्रिप्ट तयार पारिरहेका छन् ।

जित, जुडवा, हर दिल जो प्यार करेगा, जानेमन र किकजस्ता पाँच चलचित्र एकसाथ गरिसकेका साजिद र सलमानको मित्रता निकै गहिरो छ र यो मित्रताले फेरी उनीहरूलाई अर्को चलचित्रमा काम गराउने भएको छ । सलमान खान एक पटक पुनः डेबिल (देवीलाल सिंह)को भूमिकामा देखिने छन् दोस्रो भागमा उनको यही भूमिकालाई अघि बढाइने छ ।

‘किक २’मा सलमानको अपोजिटमा ज्याकलिन फर्नान्डिज हुने छिन् भने यस पटक साजिदले निर्देशनको जिम्मा लिनेछैनन् उनको ठाउँमा अरू कोही हुनेछ । सन् २०२० को सुरुआतबाट छायाङ्कन सुरु हुने चलचित्र २०२१ मा रिलिज हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com