अत्ति भयो, दशैंपछि सडक संघर्षमा उत्रन्छौँ : गगन थापा


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

नेपाली कांग्रेस नेता गगन थापाले वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैँपछि सडक संर्घषमा उत्रिने बताउनु भएको छ । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भन्नुभयाे, “वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याएका छन्, जसकाे विरुद्दमा हामी दशैँ पछि सडकमा अाउछाैँ” उहाँले भन्नुभयाे ।

नेता थापाले सरकारले दुइ तिहाइकाे अाडमा प्रतिपक्षीको कुरै नसुन्ने र नेपाली जनताको मनोभावना विपरित काम गरीरहेको आरोप समेत लगाउनु भएको छ । सांसद थापाले शक्ति र सत्ताको आडमा नेकपा सरकारले गरेको ज्यादतीको विरुद्ध सडकमा उत्रिने बताउनु भएको हो ।

सरकारले आफ्ने सत्ताको आडमा ल्याएको बेइमानीपूर्ण विधेयकमा समाजवादी पार्टीले समेत सघाउने गरेको आरोप समेत लगाउनु भएको छ । सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनीरहेको छ, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने बताउनुभयो। ‘संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ।’ नेता थापाले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com