सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ ।
एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्याइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो । यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।