एल साल्भाडोर हुँदै अमेरिका आउनेलाई एसाइलमका लागि एल साल्भाडोर नै पठाइने


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

अब एल साल्भाडोर हुँदै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई एसाइलमका लागि एल साल्भाडोर नै पठाइने भएको छ । कैयन मध्य अमेरिकी देशका नागरिकहरुमात्र नभई नेपाली र भारतीयहरुसमेत एल साल्भाडोरको बाटो हुँदै अमेरिकी सिमाक्षेत्रमा आउने गरेका छन् ।

एल साल्भाडोर र अमेरिकी सरकारबीच भएको सहमति अनुशार एल साल्भाडोरहुँदै आउने आप्रवासीहरु उक्त देशमा एसाइलम आवेदन दिनका लागि योग्य हुनेछन् । त्यहाँ एसाइलम अस्वीकृत भएको खण्डमामात्र उनीहरु अमेरिकामा आएर एसाएलम आवेदन दिन योग्य हुनेछन् ।

यो सहमति कहिलेदेखि कार्यान्वयन हुने भन्नेबारे केही बताइएको छैन । अमेरिका र ग्वाटेमालाबीच पनि यस्तै प्रकारको सहमति कायम भएको थियो । तर उक्त सहमति अझै कार्यान्वयनमा आएको छैन ।

एल साल्भाडोर आफैमा विश्वको खतरनाकमध्येको देश मानिन्छ । गतबर्ष जम्मा विश्वका १८ जनाले एल साल्भाडोरमा एसाइलम खोजेका थिए । बरु एल साल्भाडोरका नागरिकहरु ठूलो संख्यामा अन्य देशमा एसाइलम खोज्दै आएका छन् ।

एल साल्भाडोर गिरोह हिंशाका कारण खतरनाक मानिन्छ । गिरोह हिंशाकै कारण त्यहाँ दशौं हजार विस्थापित छन् । गतबर्षमात्र ४६ हजार ८०० एल साल्भाडोरका नागरिकले विश्वका विभिन्न देशमा शरण लिएका थिए । राष्ट्रसंघको तथ्यांक अनुशार ७१ अजार ५ सय एल साल्भाडोरका नागरिकहरु आन्तरिक विस्थापनमा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com