हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पूरा


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो ‘पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप– २०७६’ को तयारी पूरा भएको छ ।

विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा दुई विदेशीसहित आठ फुटबल टिमले सहभागिता जनाउने विर्तामोडमा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक समितिका सचिव महेन्द्र पाण्डेका अनुसार प्रतियोगिताको विजेता टिमले रु १२ लाख ५० हजार र उपविजेताले रु छ लाख २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

विर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र गोल्डकप सम्पन्न गर्न रु ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सिक्किम आक्रमक र सङ्कटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित झापा ११, गोर्खा ब्वाइज रुपन्देही, थ्रीस्टार क्लब, मोलवे आसाम गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका सचिव पाण्डेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिताको मुख्य प्रयोजकका रूपमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको आयोजक समितिले जनाएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com