२ महिनाकी शिशुकाे मुटु प्रत्याराेपण सफल !
एजेन्सी/ चीनको वुहान शहरस्थित यूनियन हस्पिटलमा दुई महिना ६ दिन (६६ दिन)को बच्चा रुईरुईको मुटु प्रत्याराेपण सफल भएको छ । अप्रेसनको समयमा बच्चाको तौल ३ किलो रहेको थियो ।
अप्रेसनपछि बच्चा र आमाको फोटो सामाजिक सञ्जालमा शेयर भएको छ । जुन निकै भावुक रहेको समाचारमा जनाइएको छ । रुईरुईको अप्रेसन सफल भएसँगै एशियामा सबैभन्दा कम उमेरमा मुटु प्रत्याराेपण सफल भएको छ ।
अप्रेसनमा डाक्टर डोङ्ग नियाङ्गुओले बच्चीका लागि चार वर्षका बच्चा टोङ्गटोङ्गको मुटु प्रत्याराेपण गरेका थिए । तर, मुटुको एओर्ट (महाधमनी)का व्यास ठुलो भएको समाचारमा जनाइएको छ । जसले प्रत्याराेपणको समयमा केही चुनौती भएको डाक्टरले जनाएका छन् । डाक्टर नियाङ्गुओले भने, ‘शेडोङ्ग प्रान्तकी बच्ची रुईरूई अप्रेशनपछि हुने सबै संक्रमणबाट मुक्त छिन । तर, उसलाई तीन महिनेसम्म आइसियूमा राखेर हेरचाह गर्नु पर्ने हुन्छ ।’
मुटु अप्रेसन गरिएकी बच्चा रुईरुईका लागि गुआङ्गडोङ्ग प्रान्तका ग्वाङ्गझूमा रहेका चार वर्षका टोङ्गटोङ्गको मुटु प्रत्याराेपण गरिएको थियो । टोङ्गटोङ्गको मृत्यु धेरै उचाइबाट खसेर भएको थियो ।
अस्पतालका अधिकारीहरूले बच्चाका माता-पितासँग छोराको मुटु दिनेबारे कुरा गरेका थिए । उनीहरू पनि राजी भएका थिए । उनीहरूले आफ्नो बच्चाको अङ्ग दान गर्दा दोस्रो बच्चाले जीवन मिल्ने भएकाले दिएको बताएका थिए । बच्चाका लागि अङ्गदाता धेरै मुस्किलले पाएका थिए ।





