Follow @khasokhasmag

धमरा बन्दरगाह उपयोगः अलमल हटाउन ‘बल्क’ बाट सुरुवात


प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार

नेपालको समुन्द्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’ का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ ।

अहिले प्रयोगमा रहेको पश्चिम बंगालको कोलकाताबाट साढे दुई सय किलोमिटर तथा हल्दियाबाट सय किलोमिटरको दूरी र आन्ध्र प्रदेशको बिशाखापटनमभन्दा साढे चार सय किलोमिटर नजिकमा यो बन्दरगाह नेपालको व्यापारको ट्रान्जिट बन्दरगाहको रुपमा प्रस्तावित छ ।

यसअघि कोलकतामा आश्रित नेपाली व्यापारका लागि अरु विकल्पसमेत प्रयोग गर्ने भनेर बिशाखापटनमसँग सम्झौता भए पनि दुई वर्ष प्रयोगमा आउन नसकेको अनुभव छ । धमरा अझ नयाँ हो ।

यसै वर्ष सैद्धान्तिक सहमति भएर सम्झौता हुन बाँकी छ । सम्झौतालगत्तै प्रयोगमा ल्याउन सक्नेगरी नयाँ बन्दरगाहको रुपमा प्राप्त धमराका लागि अहिलेदेखि तयारी र अध्ययन हुनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com