Follow @khasokhasmag

चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’


प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार

नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् ।

युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् । कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com