भाडामा बस्नेलाई अध्यागमनको डर देखाउने घरवेटीलाई न्युयोर्कंमा १७ हजार डलर जरिवाना


प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार

न्युयोर्क सिटीका न्यायाधिसले भाडामा बस्ने कागजपत्रविहिनलाई अध्यागमनको डर देखाउने घरवेटीलाई १७ हजार डलर जरिवानाको सजाय तोकेका छन् । घरवेटीले भाडामा बस्नेलाई अध्यागमनलाई फोन गरेर देशनिकाला गराइदिने भन्दै धम्की दिने गरेका थिए ।

कागजपत्रविहिन भाडावाललाई अध्यागमनको डर देखाएर तर्साएको यो घटना पहिलो भएको न्युयोर्क सिटी मानअवधिकार आयोगका प्रवक्ताले जनाएका छन् । भाडावालले कागजपत्रविहिनमाथि घरवेटीले विभेद गरेको गुनासो सहित आवेदन दिएका थिए ।

न्यायाधिस जोन बी स्पुनरले घरेवेटीलाई ५ हजार डलर साधारण जरिवाना र त्रास देखाएर मानसिक रुपमा आतंकित पारेकोमा १२ हजार डलर क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएका हुन् । त्यसका साथै घरवेटी ५० घण्टाको सामुदायिक सेवा समेत गर्नुपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाडावाल व्यक्ति होली अन्डान सन् २०११ को सेप्टेम्बरदेखि सन् २०१८ को सेप्टेम्बरसम्म न्युयोर्कको क्वीन्समा रहेको अपार्टमेन्टमा बसेका थिए । सन् २०१७ को अक्टोबरदेखि आर्थिक अभावका कारण उनले भाडा नतिरेपछि घरवेटी डायना लाइसिसले अध्यागमन लगाइदिने भनेर धम्क्याएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com