विद्यार्थीलाई संसदीय गतिविधिबारे ज्ञान दिइयो


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

ठीक सामुन्ने सभामुखको च्याम्बर, दायाँबायाँ सत्तापक्ष र विपक्षीको सिट रोल, झट्ट हेर्दा साँच्चिकै सांसद्जस्ता, तर यो संसद् भवन भने होइन । यो कुमारीपाटीस्थित काठमाडौँ भ्याली कलेजका विद्यार्थीलाई संसद्को अभ्यासबारे जानकारी दिन आयोजना गरिएको मक पारल्यामेन्टको दृश्य हो ।

दायाँबाँया सिट रोलमा सांसदहरुले आसन ग्रहण गरिसकेका थिए । अत्यासलाग्दो पखाईपछि मर्यादापालकको सुरक्षाको बीचमा सभामुखको आगमन भयो । आसन ग्रहणपछि सभामुखले भन्नुभयो, “संसदको कार्य प्रारम्भ हुन्छ । शून्य समय, विशेष समय साँच्चिकै संसद्मा जस्तै सञ्चालनको घोषणा भयो ।

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिमाथि जानकारी दिन मक पारल्यामेन्टसम्बन्धी प्रयोगात्मक कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय विज्ञान दिवस तथा संविधान दिवसको अवसरसमेत पारेर आयोजना गरिएकोे सो कार्यक्रममा नेशनल ल कलेज, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट तथा कान्तिपुर भ्याली कलेजका ६० भन्दा बढी विद्यार्थीले भाग लिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसदको भूमिकामा रहेका २२ विद्यार्थीले शून्य समयमा काठमाडौँमा थुप्रिएका फोहर, वातावरण प्रदूषण, प्लाष्टिकजन्य फोहर, नागरिक अधिकार, एक घर, एक शौचालय, शिक्षा प्राप्तिका हक, निजगढ विमानस्थल, स्वतन्त्र सञ्चारमाध्यम आदि विषयमा प्रश्न उठाएका थिए ।

सभामुखको भूमिकामा पूर्णहरि अमात्य तथा सांसदको भूमिकामा रहेका नेशनल कलेजका विद्यार्थी अप्सरा घर्तीमगर, सिजन मल्ल, दीक्षा अधिकारी, सुम्निमा पाण्डे, कान्तिपुर भ्याली कलेजका वसन्त चौधरी, सुरज श्रेष्ठ, प्रतिमा भुसाललगायतका २२ जनाले धारणा राखेका थिए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालमा संविधान जारी गर्दाको बखत सहमति जुटाउन निकै कठिन रहेको बताउँदै विसं २००७ पछि नेपालमा थुप्रै संविधान आए पनि जनताको पक्षमा यो पहिलोपटक राम्रो संविधान आएको बताउनुभयो ।

यो संविधान परिवर्तनशील संविधान भएकाले जनताले चाहेको कुरा संविधानमा राख्ने र जनविरोधी कुरा हटाउन सक्ने बताउँदै उहाँले कलेजका विद्यार्थी सांसदहरुको शून्य समय, विशेष समय आदिको प्रस्तुतीकरण राम्रो रहेको बताउँदै यसले विद्यार्थीलाई भविष्यमा देश चलाउन ज्ञान दिने धारणा राख्नुभयो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष मधुसुदन विष्टले नेपालको संसदीय अभ्यासमा विकृति भित्रिएको बताउँदै विद्यार्थीलाई संसदीय गतिविधिको ज्ञान दिन र भविष्यका सांसदहरुलाई प्रशिक्षण दिन यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com