एनआरएनए बेलायतले रच्यो इतिहास, पहिलो पटक अध्यक्षमा महिला निर्वाचित


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

एनआरएनए एनसीसी बेलायतको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । गुरुङले ४५५१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अध्यक्षका अर्का उम्मेदवार शेरबहादुर सुनारले ४३४८ मत ल्याएका छन् । गुरुङको जीतसँगै डेढ दशक लामो एनआरएनए बेलायतको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

उपाध्यक्षमा प्रेम गाहाले ३५५९ र सुनिलबाबु खड्काले २७५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मत सहित विजय हासिल गरेकी छिन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् ।

महासचिवमा फडिन्द्र भट्टराईले ३९७५ मत प्राप्त गरी विजयी बनेका छन्। सचिवमा जित रानाभाटले ३२०९ र कोशलेश्वर ढकालले ३२१३ मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नविन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित जितेका छन् ।

सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१० , तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बनेका छन् ।

आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद् अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए । प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लालबहादुर गुरुङ ३६ ३७ मतसहित विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com