राजधानीमै पाइँदैन सूचना


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महीनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्दासमेत पाउन नसकिएको पीडित लालकृष्ण मिश्रले बताउनुभयो । गत जेठ २१ गते वडा नं १ मा रहेको आफ्नो घरअघिको सडक स्तरोन्नतिका नाममा नगरपालिकाले जानकारीसमेत नदिई एकतर्फीरुपमा घरको टपमुनि पर्खाल लगाएर बास उठाउन खोजेपछि आफूले त्यससम्बन्धी सूचना जेठ २७ गते नै माग गरे पनि अझै पूरा सूचना पाउन नसकेको उहाँले सुनाउनुभयो ।

नगरपालिकामा सूचना अधिकारी तोकिए-नतोकिएको स्पष्ट छैन । कार्यालयमा सूचना अधिकारी को हो भन्ने जानकारी दिन राख्नुपर्ने सूचनापाटी छैन । नगरपालिकाको बेवसाइटमा प्रवक्ता उल्लेख गरिए पनि सूचना अधिकारी राखिएको छैन । सूचना अधिकारी नतोकेकाले सूचना माग गर्नेलाई सकेसम्म झुलाएर नदिने नीति नगरपालिकाले लिएको पीडितको गुनासो छ । नगरपालिकाका प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी माग गरेको सूचना दिईरहेको बताउनुहुन्छ । “कतिपय सूचना पूरा नभएको हुन सक्छन, फेरि माग्दा त्यस्ता सूचना दिइन्छ, मकहाँ आउनु भयो भने सूचना नपाउने भन्ने हुँदैन”, प्रशासकीय अधिकृत अधिकारीले स्पष्ट गर्नुभयो ।

नगरपालिकाका कर्मचारी फरकफरक व्यक्ति सूचना अधिकारी भएको दाबी गर्छन् । एकथरीले अधिकृत भीमबहादुर शाहीलाई सूचना अधिकारी बताउँछन् भने अर्काथरीले सहायकस्तरका कर्मचारी भूपेन्द्र शाही हो भन्छन् । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बोहरा नै सूचना अधिकारी भएको दाबी गर्नुहुन्छ ।

नगरपालिकाबाट कुनै पनि घटनाको वास्तविक सूचना एवं न्याय पाउन नसकिने अवस्था रहेको पीडित केशव श्रेष्ठको गुनासो छ । कर्मचारी वास्तविकता लुकाउन खोज्छन् । जनप्रतिनिधि चुनावमा बढी मतका लागि के गर्दा उपयुक्त हुन्छ, त्यही गर्न तम्सिएपछि सूचना र न्याय पाउन नसकिने उहाँको भनाइ छ । यसका कारण सेवाग्राही एउटै समस्या लिएर पटकपटक नगरपालिका धाउँछन् तर कार्यालयमा कर्मचारी नभेट्दा निराश भएर फर्कन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलोपटक माग गरेको सूचना राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्दा पनि पूरा पाउन नसकेका मिश्रले भदौ १९ गते दोस्रोपटक आफ्नो घर जग्गाको सीमा सम्बन्धमा सूचना माग गरेको जानकारी दिनुभयो । यसपटक सूचना अधिकारीले गलत सूचना दिएपछि बिहीबार कार्यालय प्रमुखलाई सम्बोधन गरेर निवेदन दर्ता गराउन जाँदा दर्ता नै नभएको दुःखेसो उहाँले पोख्नुभयो ।

“कार्यालय प्रमुख अग्निप्रसाद अधिकारी, उहाँपछिका अधिकृत भीमबहादुर शाही कार्यालयमा नभेटिएपछि निवेदनमा तोक लगाउने अधिकारी नभएका कारण दिनभर कुर्दा पनि निवेदन दर्ता हुन सकेन, उहाँहरुपछिका अधिकृत मीनराज कोइराला, पुण्यप्रसाद दाहाल र शङ्कर ढकालले पनि आफ्नो अधिकार क्षेत्रभित्रको विषय परेन भनी तोक लगाउनुभएन, दिनभर कुरेर निराश भई फर्कनुप¥यो”, मीश्रले भन्नुभयो । प्रशासकीय अधिकृत अधिकारीले भने त्यस्तो निवेदन लिएको भने हुने बताउनुभयो ।

आयोगले प्रकाशन गरेको ‘सूचनाको हक (पाठ्य सामग्री)’ पुस्तकको पृष्ठ ३२ मा “सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचना माग गर्न प्रस्तुत गरिने निवेदनमा टिकट टाँस गर्नु र कार्यालय प्रमुखको तोक लगाइनु जरुरी छैन” भन्ने वाक्यांश उल्लेख छ तर यो व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहले चासो देखाएका छैनन् ।

संस्थागत विद्यालयले विपन्न, जेहेन्दार, दलित, महिला, जनजातिलगायतलाई दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिसम्बन्धी सूचनासमेत नगरपालिकाबाट पाउन नसकिएको नगरवासी सन्दीप तामाङले बताउनुभयो । नगरपालिकाका अधिकारी संस्थागत विद्यालयका मालिकसँग मिली कानूनअनुसार तोकिएको छात्रवृत्ति नदिइएको उहाँको गुनासो छ । प्रवक्ता ढुङ्गानाले भने आइतबार कार्यालय खुलेपछि नै तोक लगाउनुपर्ने र नपर्ने निवेदनको वर्गीकरण गरी दर्ता शाखाका कर्मचारीलाई निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com