अमेरिकामा लुम्बिनी चिनाउँदै पन्त दम्पत्ति


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

रुपन्देहीका संचारकर्मी चेतन पन्त हाल लुम्बिनीको प्रचार र लुम्बिनी चिनाउने अभियानमा सकृय रहदै आएका छन् । बिहिबार अमेरिकाको भ्रमणमा रहेका पन्त र उनकी पत्नी गंगा पन्तले क्यालिफोर्नियाको फेयर फिल्डको फार्मर मार्केटमा लुम्बिनी र नेपाल चिनाउने प्रयास गरे ।

उनीहरुले किनमेलका लागि हाटबजार आउनेहरुलाई दिनभर बाटोमा बसेर लुम्बिनी र सगरमाथाबारे जानकारी गराए । साथै उनीहरुले नेपाल भ्रमणका लागि आग्रह समेत गरे ।

नेपाल भ्रमण बर्ष २०२० को ब्यानरसहित बसेका उनीहरुले अमेरिकनहरुलाई नेपालबारे जानकारी गराएका थिए । उनीहरुले त्यहाँ आउने केही व्यक्तिलाई लुम्बिनी र सगरमाथाको पोष्टर समेत दिए ।

केहीले नेपालको लुम्बिनी र सगरमाथाबारे जिज्ञासा राख्दै नेपाल जाने इच्छा समेत व्यक्त गरेका थिए । नेपाल भ्रमण वर्षका लागि प्रदेश नं ५ बाट सदस्य समेत रहेका पन्त यस अगाडि थाई र भियतनामी बौद्ध विहार पुगेर लुम्बिनीबारे जानकारी गराएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com