वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

रासस/ सिन्ह्वा – उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ ।

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com