संविधान दिवस : गीत सङ्गीतमय


प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार

संविधान दिवसको सन्दर्भमा सुरिलो स्वरकी धनी वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दनासँगै ‘कसैले बुझेन मेरो मनको बहलाई’ भन्ने गीत पस्किँदा राष्ट्रिय नाचघरको दर्शकदिर्घामा उपस्थित दर्शक लठ्डै भए । उमेर ढल्किँदै जाँदा पनि उहाँको १६ वर्षे जवानीको झैँ स्वरले सबै लट्ठ परे । उहाँको ऊ बेलाको स्वर र अहिलेको स्वरमा खासै फरक मानेनन् दर्शकले ।

उहाँसँगै अर्का वरिष्ठ गायक हुनुहुन्थ्यो प्रेमध्वज प्रधान । पहिलेपहिले रेडियो नेपालमा खुबै सुनिने उहाँको स्वर नचिन्ने कमै श्रोता होलान् । सांस्कृतिक संस्थानले संविधान दिवसको अबसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा प्रधान पनि गति गाउन तम्सिनुभयो । उहाँले २०१९ सालमा आफैँले गाएको पहिलो गीत प्रस्तुत गर्नुभयो ।

मायाँ नमार मायालु, मायाँ नमार मायालु
दिल नतोड मायालु,
हो.हो.हो…
तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोडा मायालु

वरिष्ठ कलाकार ज्ञानु राणा र प्रेमध्वज प्रधानको मौलिक र लोकभाकामा गीत सुन्दा संस्कृति पर्यटन तथा नागरक उड्डयनमन्त्री गोगेश भट्टराईसहित वरिष्ठ कलाकार मन्त्रमुग्ध भए । उहाँहरुले गीतको खुलेरै प्रशंसा पनि गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांस्कृति संस्थानले दुवै वरिष्ठ गायकलाई सम्मान गरिएको कार्यक्रममा कलाकारले विभिन्न क्षेत्रका मौलिक वेषभूषासहित गति र नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए । उनीहरुले संविधानसम्बन्धी र पर्यटन वर्षसम्बन्धीका गीत पनि गाउन भ्याए । योसँगै विभिन्न ठाउँका जातजातिका मौकिल गीत र नृत्यले उक्त समारोह उत्कृष्ट बनेको थियो ।

कोटी कोटी नेपालीको ढुकढुकी र प्राण
लोकतान्त्रिक अग्रगाम िहाम्रो संविधान
संविधान, संविधान… हाम्रा संविधान,

विसं २०७२ मा बनेको संविधानको विषयमा कलाकारले सुन्दर शब्द उनेर गीत पस्किँदा दर्शकहरु प्रफुल्लित भए । कलाकारले नेपाल भ्रमण वर्ष सन् २०२० पनि गीतबाटै सम्झिए ।

हाम्रो देश सुन्दर छ, अझै सुन्दर पारौँ
समृद्ध नेपालको पाईला अघि सारौँ
घुम्न आउने पर्यटकलाई हाम्रो छ सम्मान
नेपाल भ्रमण वर्षको साझा आह्वान

राष्ट्रिय नाचघरले संविधान दिवसको अवसरमा तीन दिन नै विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सोही क्रममा नाचघर हरेक बेलुकी साङ््गीतिक साँझ बनिरहेको छ । यहाँ झण्डै दुई घण्टाको अवधि कलाकारले छाड्नै नहुने गरी दर्शकलाई बाँधे । समूहगत रुपमा कलाकारले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

मौलिक पोशाकमा सजिएर कलाकारले सुदूरपश्चिमको हुड्केली, थारुको सखिया, काठमाडौँको धिमे, राई समुदायको साकेला नृत्य देखाउँदा दर्शकको राम्रो ताली पायो । उनीहरु मोकिल पोषाकमा सजिएर प्रसतुत भएका थिए ।

साकेला सिकी नाचौँ है
पुर्वको रीति राखौँ है
ए, हो..इ दाजै, पुर्वको रीति राखौँ है
हा..हा, हुर्र..हा..हा..
सोई ढोले सोई… अर्काे ढोले खोई …

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संविधान दिवसलाई नै केन्द्रित गरेर सबै क्षेत्रको पहिचान हुने गरी सांस्कृतिक कार्यक्रम गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले मुलुकको समृद्धिमा सहयोग मिल्ने मन्त्री भट्टराईको प्रतिक्रिया थियो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com