Follow @khasokhasmag

स्वास्थ्यमन्त्रीको विदेश यात्रा, एक वर्षमा २५ पटक


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com