जन्मदिन मनाउन प्रधानमन्त्री मोदी गान्धीनगरमा


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुग्नुभएको छ ।

आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिनुभएको थियो । उहाँले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।

भारतीय जनता पार्टीले निर्वाचनमा पाएको अपार सफलतापछि दोस्रोपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले यसै बर्ष उहाँले आफ्नी आमालाई दर्शन गरी आशिर्वाद लिनुभएको थियो । उक्त दिन उहाँ गुजरात नै बस्नुभएको थियो ।

जन्मदिनका अवसरमा मोदी घर जाने जानकारीपछि उहाँको सुरक्षाका लागि गान्धीनगरमा विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com