‘डिपोर्टका लागि निशानामा रहेका नेपाली अमेरिकामा ठूलो संख्यामा’ – रमेश श्रेष्ठ


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

-रमेश श्रेष्ठ, कानुन व्यवसायी

आइसले विभिन्न स्थानमा छापा मारेर सयौंलाई नियन्त्रणमा लिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

अहिले वास्तवममा एकखालको आतंकको अवस्था छ । हामीले अध्यागमनको विषयमा कानुनी अभ्यास गरेको आधारमा नेपाली वा अरु आप्रवासीले त्रसित बन्दै फोन गर्न थालेका छन् । विभिन्न स्थानमा कागजपत्रविहिनहरु पक्राउ गरेका घटनापछि स्थीति उग्र नै बनेको छ । अब के होला भन्ने त्रासका साथ जिज्ञासाहरु आउने गरेका छन् । ग्रिनकार्ड प्राप्त भइसकेकाहरु पनि त्रसित छन् ।

इमिग्रेशनको छापमा कुनै नेपाली परेको खबर छ ?

प्रत्यक्ष रुपमा परेको व्यक्तिसँग कुरा भएको छैन । तर केही नेपालीहरु परेका खबर आएका छन् । न्युयोर्कको लङ आइल्याण्डमा इमिग्रेशनको छापमा एकजना नेपाली समातिएको सुचना आएको छ । स्टोरमा काम गरिरहेका नेपालीलाई आइसले नियन्त्रणमा लिएको एकजनाले जानकारी दिएका थिए । भारतीय स्टोरमा आएर अध्यागमनका अधिकारीहरुले छापा मार्दा उनी समातिएको र उनलाई सात आठ घण्टासम्म नियन्त्रणमा लिएको सुचना आएको थियो । तर उनीसँग वर्क परमिट, आईडी र अहिलेपनि अमेरिकामा बस्ने इजाजत भएको पाइएपछि छाडिएको खबर आएको छ । मेरो जानकारीमा आए अनुशार उनी टीपीएसप्राप्त व्यक्ति भएकाले र टीपीएसबाट वर्क परमिट प्राप्त गरेकाले डिपोर्ट हुनबाट बचेका हुनसक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इमिग्रेशन एजेण्ट छापामार्न आएमा के गर्ने ?

आइसले अपराधीलाई नियन्त्रणमा लिनका लागि वारेन्ट लिएर आउनसक्छन् । तर अध्यागमनका विषयमा गैरकानुनी रुपमा बसिरहेकाहरुका बारेमा सुचना पाएमा कुनै अदालतको कागजात वा वारेन्ट बोकेर आउछन् जस्तो लाग्दैन । उनीहरुले कागजपत्रविहिन भएको सुचना प्राप्त गरेमा जहाँ पनि सोधपुछ गर्न सक्छन् । कसैलाई खोज्न आउँदा अरु व्यक्ति पनि देखेमा इमिग्रेशन एजेण्टले उनीहरुका बारेमा पनि सोधपुछ गर्न सक्छ । एउटा व्यक्तिलाई खोज्न जाँदा कागजपत्रविहिन अरु देखिएमा उनीहरु सबैलाई सोध्न सक्छन् । उचित कागजात प्रस्तुत गर्न नसकेमा, कानुनी हैसियत देखाउन नसकेमा त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन सक्छन् र लिने गरेका छन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको एजेण्ट आएमा यदि तपाईको केस अदालतमा चलिरहेको छ वा युएससीआईएसमा आवेदन दिनुभएको छ भने त्यसको कागजात देखाउनुपर्छ । आफू कानुनी रुपमा बसिरहेको प्रमाणित गर्ने कागजात सधै आफ्नो साथमा राख्नुपर्छ । गाडी चलाउँदा वा डेलिभरीमा जाँदा लाइसेन्स वा आईडीमात्र राखेर हुँदैन, इमिग्रेशन सम्बन्धि कागजातपनि साथै बोकेर हिड्नु उपयुक्त हुन्छ । त्यस्ता कागजात आफ्नो साथमा राखेर अधिकारीलाई व्याख्या गर्न सकेमा समस्या हुँदैन ।

दुईचार घण्टालाई नियन्त्रणमा लिएपनि आत्तिहाल्नु हुँदैन । आफ्ना कागजात देखाएर छुट्न सकिन्छ । तर डिपोर्टको अर्डर पाइसकेरपनि विना कुनै कागजात अमेरिकामा लुकेर बसेको छ भने उसले आफू डिपोर्ट हुनबाट बच्नका लागि केही गर्न सक्दैन ।

त्यस्तो नेपालीहरु कत्तिको छन् अमेरिकामा ?

देशनिकालाको आदेश पाइसकेका तर अमेरिकामा नै रहेका नेपालीहरु अमेरिकामा थुप्रै छन् । तर डिपोर्टको अन्तिम आदेश भइसकेको व्यक्ति अमेरिकामा लुकेर बसेका छन् भने उनीहरु निशानामा पर्छन् । नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गरिएकाले कतिपय त्यस्ता नेपालीहरु टीपीएसको संरक्षणमा पनि छन् ।

टीपीएस नलिएका तर अदालतमा मुद्दा हारेर डिपोर्टको आदेश पाएका नेपालीहरु अहिले अप्ठ्यारो अवस्थामा छन् । अदालतमा केस चलिरहेको बेलामा टीपीएसका लागि आवेदन दिनुपर्ने थियो । तर कतिपयले अदालतमा रहेको केसमा असर पर्न सक्ने शंका गरेर टीपीएसका लागि आवेदन दिएनन् । उनीहरुका लागि डिपोर्टको अन्तिम आदेश आइसकेको सन्दर्भमा अब मुस्किल हुन्छ । तर कोही व्यक्ति प्रारम्भिक रुपमा अदालतबाट मुद्दा हारेको छ तर अपिल गरिरहेको छ भने त्यस्ता व्यक्तिलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले नियन्त्रणमा लिएर डिपोर्ट गर्न मिल्दैन ।

आइसका एजेण्टहरुमा घरमा आएर कागजातको खोजी गर्दा आफूले अपिल गरेको कागजात देखाएमा एजेण्टहरुले जाँचबुझ गर्छन् । यदि केस चलिरहेको देखिएमा देशनिकालामा परिदैन ।

अपराध गरेको व्यक्तिलाई डिपोर्टको प्राथमिकतामा राखिएको छ । कस्ता कस्ता अपराध पर्छन् ?

आक्रमण, घातक वा जघन्य अपराध नभएपनि त्यस्ता व्यक्तिलाई निशानामा पार्ने गरिएको छ । सामान्य चोरीका घटनालाई पनि आपराधिक गतिविधिमा राखेर अध्यागमन एजेण्टले पक्राउ गरेर डिपोर्ट गर्नसक्छन् । कम उमेरको व्यक्तिलाई चुरोट वा मादक पदार्थ बेच्ने, बिना लाइसेन्स मसाज वा नेल्समा काम गर्ने जस्ता कुराहरु पनि अपराधमा नै पर्छन् । विना लाइसेन्स ब्युटिसियनका रुपमा काम गरेमा पनि पक्राउ गरेर अध्यमगन समस्यामा पर्नसक्ने सम्भावना छ । अहिलेको वातारण हेर्दा सानो र ठूलो अपराध छुट्याउने अवस्था छैन । ओबामा कार्यकालमा पनि सानो सानो अपराधमा नियन्त्रणमा लिएर डिपोर्ट गर्ने घटनाहरु भएका थिए । अहिलेको सरकारले अत्यन्तै कडा रवैया अपनाएकाले सानोतिनो अपराधका कारण पनि देशनिकालामा पर्ने खतरा रहन्छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले अपरेशन क्रस चेक संचालन गरिरहेको छ । कुनै व्यक्तिले अदालतबाट देशनिकालाको फैसला पाइसकेपछि उसलाई डिपोर्टको लागि बोलाइन्छ । त्यो अवस्थामा ब्यागेज सहित आउने भनेर पत्र पठाइन्थ्यो । पहिले ब्याग एण्ड ब्यागेजको पत्र नआउँदासम्म डिपोर्ट गर्न नपाइने तर्क थियो । तर त्यस्तो तर्क अदालतले अब अस्वीकार गरेको छ । कुनै व्यक्तिको मुद्दा सकिएर डिपोर्टको आदेश पाइसकेको सन्दर्भमा त्यस्तो आदेश पाएर पनि लुकेर बसेकाहरु आइसको प्राथमिकतामा परिरहेका छन् । अपरेशन क्रस चेक अन्तरगत उनीहरुलाई प्राथमिकतामा पारिएको छ । देशनिकालाको आदेश पाएपनि अध्यागमनले त्यो कार्यान्वयन गर्न सकेको थिएन । तर अब त्यस्तो आदेश पाएकाहरुलाई देशनिकालाको प्राथमिकतामा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com