धेरै देशमा विना भिसा जानसकिने पासपोर्टको सुची, अमेरिका छैठौंमा, नेपाल कतिमा ?


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले धेरै देशमा विना भिसा जान सकिने पासपोर्टको आधारमा सुची सार्वजनिक गरेको छ । धेरै देशमा विना भिसा जान सकिने आधारमा जापान र सिंगापुर पहिलो नम्बरमा छन् ।

यी देशका पासपोर्ट वाहकहरु विश्वका १८९ गन्तब्यमा पहिले नै भिसा नलिइकन यात्रा गर्न सक्छन् । अर्थात् उनीहरुले एयरपोर्टमा नै उक्त देशमा प्रवेशका लागि अनुमति प्राप्त गर्नसक्छन् ।

सुचीमा अमेरिका र बेलायत छैठौं नम्बरमा रहेको छ । यी देशका नागरिकहरुलाई १८३ गन्तब्यमा यात्रा गर्नका लागि पहिले नै भिसा लिनु पर्दैन । अमेरिकाको तुलनामा पोर्चुगलको पासपोर्टमा धेरै देशमा पहिले नै भिसा नलिइकन यात्रा गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सुचीमा नेपाल भने १ सय २ नम्बरमा रहेको छ । नेपालको पासपोर्टबाट पहिले नै भिसा नलिइकन यात्रा गर्न सकिने गन्तब्यहरु ३८ रहेका छन् । एसियामा बंगालादेश, भारत, कम्बोडिया, इन्डोनेशिया, लाओस, मालदिभ्स, पाकिस्तान, फिलिपिन्स, सिंगापुर र टिमोर लेष्टमा यात्रा गर्नका लागि नेपाली पासपोर्टबाहकलाई पहिले नै भिसा लिनु पर्दैन भने श्रीलंकमा अनलाइनबाट भिसा लिएर जान सकिन्छ ।

त्यस्तै अफ्रिकाका केप भर्ड आइल्याण्ड, कोमोरेश आइल्याण्ड, इजिप्ट, गाम्बिया, गायना बिसउ, केन्या, माडागास्कर, मौरिटानिया, मौरिसस, मोजाम्बिक, रुवाण्डा, सेनेगल, सेचेलिस, सोमालिया, तान्जिनिया, टोगो र युगाण्डाको भ्रमण गर्नका लागि पनि नेपालीलाई पहिले नै भिसा लिनु पर्दैन ।

ओसियानाका कुक आइल्याण्ड, माइक्रोनेसिया, निउ, पलाउ आइल्याण्ड, सामोआ र तुभालुको भ्रमण गर्न पनि नेपाली पासपोर्ट वाहकले पहिले नै भिसा लिनु आवश्यक पर्दैन । त्यस्तै क्यारेबियनमा डोमेनिका, हैटी र सेन्ट भिन्सेन्टको यात्रागर्न नेपालीलाई पहिले नै भिसा लिनु पर्दैन । अमेरिकाको बोलिभिया पनि पहिले नै भिसा नलिइ नेपालीहरु जान सक्छन् ।

तर विश्वका १८८ गन्तब्यमा जानका लागि नेपाली पासपोर्टबाहकले पहिले नै भिसा लिनु जरुरी हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com