को हुन् अमेरिकामा देशनिकालाको सुचीमा रहेका १५२० नेपाली ?


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सुचीमा देशनिकालाका लागि सुचिकृत भइसकेकाहरु हुन् । सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा आइसको सुचीमा सुचीकृत उनीहरुले टीपीएस लगायतका सुविधा लिएको भएपनि उनीहरु आइसको निशानामा छन् । उनीहरुमध्ये प्राय अदालतबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरु हुन् । अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि पनि यसअघि आपराधिक रेकर्ड नभएकाहरुलाई देशनिकाला गर्ने कामलाई प्राथमिकता नदिइएका कारण उनीहरु देशनिकाला हुनबाट बचेकाहरु हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांक अनुशार सन् २०१७ मा यस्तो आदेश पाइसकेका नेपालीहरुको संख्या अहिलेसम्म २३ रहेको छ । जसमध्ये २० जनाले देशनिकालाको आदेश पाएका छन् भने ३ जनाले आफै स्वेच्छिक रुपमा अमेरिका छाड्न अनुमति पाएका छन् ।

सन् २०१६ मा अदालतबाट डिपोर्टको आदेश पाइसकेका नेपालीहरु १ सय ७ जना रहेको र १४ जनाले अदालतबाटै स्वेच्छिक रुपमा देश छाड्ने स्वीकृति पाएका थिए । तर आइसको रेकर्ड अनुशार जम्मा २५ जना नेपालीहरु वास्तविक रुपमा देशनिकाला भएका छन् । यसरी हेर्दा ९६ जना नेपालीहरु सन् २०१६ मा देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिकाभित्र नै छन् । उनीहरु नै आइसको डिपोर्टेवल सुचीमा रहेका नेपालीहरु हुन् । र , आइसका एजेण्टहरु छापामार्दै उनीहरुका ठेगानाहरुमा पुग्नसक्ने सम्भावना रहन्छ ।

सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । उनीहरु अब आइसको निशानामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com