श्रीलंकाकाे विभिन्न सहरहरुमा नेपालकाे पर्यटन प्रवर्धन गर्न फाेटाे प्रदर्शनी हुने


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

नेपाली विध्यार्थी समाज श्रीलंका र नेपाल राजदुतावास काेलम्बाेकाे आयाेजनामा श्रीलंकाका प्रमुख सहरहरु काेलम्बाे, गल र क्यान्डि लगायत विभिन्न सहरहरुमा फाेटाे प्रदर्शनी हुने भएकाे छ।

“Nepal in photos, a promotional event for visit Nepal 2020″ नाम गरिएकाे फाेटाे प्रदर्शनी सेपटेम्बर १३ तारिखबाट काेलम्बाेकाे गंगारामा मन्दिरबाट सुरु भएकाे छ ।

नेपाल राजदुतावास काेलम्बाेका कार्यवाहक राजदुत विश्वास भट्टले ” श्रीलंका नेपालकाे पर्यटक आगमन संख्या अनुसार शिर्ष ५ भित्र पर्ने देश भएतापनि धेरै पर्यटकहरु लुम्विनी मात्र घुमेर एक दिनपनि नेपाल नबसि फर्कने गर्छन् , याे फाेटाे प्रदर्शनीसँगै अब नेपाल जाने पर्यटकहरुलाई नेपालकाे अरु ठाँउहरुमा जान आकर्षित गर्नेछ भन्ने हामीले आशा लिएका छाैँ ” भन्नुभयाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेस्तै नेपाली विध्यार्थी समाज श्रीलंकाका अध्यक्ष निशान घिमीरेले ” याे फाेटाे प्रदर्शनीले नेपालकाे सुन्दरता दखाउनुकाे साथै नेपालमा रहेकाे धार्मिक तथा मनोरन्जन पर्यटनकाे संम्भावनालाई यस टापु देशमा चिनाउन सकिन्छ” भन्नुभयाे। सरकारकाे महत्वाकाक्षी याेजना “नेपाल भ्रमण वर्ष २०२०” सफल बनाउन फाेटाे प्रदर्शनी वर्षैभरी यस टापुका विभिन्न सहरहरुमा गरिनेछ । नेपाल भ्रमण वर्षमा सरकारकाे २० लाख पर्टक नेपाल भित्र्याउने याेजना छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com