नोभेम्बर ३ मा मिशेल ओबामा न्युजर्सी, भाषण सुन्न टिकट दर ४२ सय डलरसम्म


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

आगामी नोभेम्बर ३ मा पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामा न्युजर्सीको नेवार्क आउने भएकी छिन् । उनको कार्यक्रममा सहभागी हुनका लागि उनका प्रशंसकहरुले धमाधम टिकट किनिरहेका छन् ।

पु्रडेन्सियल सेन्टरमा हुने कार्यक्रममा मिशेलको भाषण सुन्न सबैभन्दा सस्तो टिकट १४४ डलरको रहेको छ । यो टिकट टिकटमास्टरमार्फत किन्न सकिन्छ ।

प्रत्यक्ष भेट्न र मिट एण्ड ग्रिटका लागि टिकट दर २५ सय डलर रहेको छ । फ्लोर सिटहरु १३ सय डलरसम्म महँगो रहेका छन् भने भीआईपी सिट ४२ सय डलरसम्म रहेका छन् ।

सेप्टेम्बर २३ पछि मिशेल ओबामाले क्यानडा र टेक्सासमा ५ वटा कार्यक्रमहरु गर्दैछिन् । गतबर्ष उनले आफ्नो पुस्तकको प्रवद्र्धनका क्रममा यस्तै यात्रा गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com