सुनिता दुलाल र याम क्षेत्रीको वास्तै नगर्नीमा दिक्पाल कार्की र नम्रता सापकोटा


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

गायिका सुनिता दुलाल र याम क्षेत्रीको लोकदोहोरी गीत वास्तै नगर्नी युट्युबबाट भिडियोसहित सार्वजनिक गरिएको छ । भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की र मोडल नम्रता सापकोटाको अभिनय र नृत्य रहेको छ ।

कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा गायिका दुलाल र गायक क्षेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । गायिका सुनिता दुलालकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायिका दुलाल अहिले चल्दै गरेको रियालिटी शो नेपाल लोक स्टारको निर्णायकसमेत हुन् भने याम क्षेत्री नेपालका चर्चित लोकगायक हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com